२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 2:03 pm
राजनीति

प्रधानमन्त्री प्रचण्डद्वारा गेटा मेडिकल कलेज अवलाेकन

सूचना प्रेस २०७९ फाल्गुन १ सोमबार ००:००, १३:२४ बजे १ मिनेट पढाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेटा मेडिकल कलेजमा स्थलगत अवलाेकन गर्नुभएकाे छ ।

नेपालकै पहिलो शहीद दशरथचन्द विश्वविद्यालयका रूपमा विकास गर्ने गरी सरकारले निर्णय गर्ने विषयमा हिजाे बालुवाटारमा गेटा मेडिकल कलेजका बारेमा सुदूरपश्चिम क्षेत्रका जनप्रतिनिधि, नेपाल सरकारका मुख्यसचिव, शिक्षा तथा स्वास्थ्य सचिवलगायतसँग छलफल गर्नुभएकाे थियाे । 

साेमबार सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा हुने भ्रमणकाे दाैरानमा प्रधानमन्त्री प्रचण्डले साे कलेजका भ्रमण गर्नुभएकाे हाे ।

नेपालमा स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएको अवस्थामा यो विश्वविद्यालयले दक्ष चिकित्सक, विशेषज्ञ चिकित्सा सेवा र विशिष्टीकृत चिकित्सकीय र जनस्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको कमी पूरा हुने विश्वास लिइएको छ ।