९ मंसिर २०८१, आइतबार 1732465811
समाचार

बागमतीमा लाइसेन्स परीक्षाको नयाँ नियम, ७० अंक ल्याए पास

काठमाडौं । बागमती प्रदेशले आज (फागुन २) गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मंगलबारदेखि लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुनेछ।

हाल बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले ५ वटा यातायात व्यवस्था कार्यालयले दैनिक ५ हजार ५ सयदेखि ६ हजार जनाको ट्रायल लिँदै आएको छ। चितवनको कार्यलयबाट भने लाइसेन्स वितरण काम हुन बाँकी नै छ।

यातायात व्यवस्था विभागले ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था ल्याएको लामो समय भइसकेको छ। विभागले २०७८ जेठदेखि नै निर्देशिकामा भएको व्यवस्था कार्यान्वयन गर्ने बताएको थियो। तर यस्तो व्यवस्था सबै प्रदेश सरकारले लागू गर्न सकिरकेको थिएन।

प्रदेश नं १, मधेश प्रदेश र गणडकी प्रदेशमा नयाँ व्यवस्था केही समय अघि नै लागू भइसकेको छ। बागमती प्रदेशमा पनि सो व्यवस्था भोलिबाट लागू हुने भएको हो।

निर्देशिकामा वर्ग ‘क’ (ए) मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिने सहज व्यवस्था गरिएको छ।

निर्देशिकाको दफा ५ (२) बमोजिम वर्ग (क र ट), (ए रके) र वर्ग ‘ख’ (बी)का लागि लिइने लिखित परीक्षाका लागि ५००–५०० वटा प्रश्नको दुईवटा प्रश्न संग्रहसमेत विभागले सार्वजनिक गरेको छ। यो व्यवस्थाअनुसार लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्था सम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियम पालना तथा सवारी साधनको प्राविधिक पक्ष सम्बन्धी सामान्य व्यावहारिक ज्ञानका विषय समेटी १०० पूर्णांकको प्रश्न सोधिनेछ। यसमा चाररचार अंकका २५ वटा वस्तुगत उत्तर दिने प्रश्न हुन्छन्।

लिखित परीक्षाको अवधि ३० मिनेटको हुनेछ। सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट समेत लिखित परीक्षा सञ्चालन गर्न सक्ने व्यवस्था छ। निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन्।

प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ। यसको अंकभार यसप्रकार छः

  • घुमाउरो आठ-२० अंक।
  • साँघुरो फलेक-१० अंक।
  • युटर्न-१० अंक।
  • ट्राफिक संकेत-१५ अंक
  • बम्प्स (उबडखाबड)-१५ अंक।
  • उकालो-२० अंक।
  • परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन-१० अंक।

यस्ता छन् ट्रायलमा अंक काटिने अवस्थाहरूः

  • घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने छ।
  • एकपटकसम्म खुट्टाले भुइँ टेकेमा थप ५ अंक घट्ने छ।
  • युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने छ।
  • ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने छ।
  • उबडखाबडमा एक पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्ने छ।
  • एकपटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने छ।
  • सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ। यसो नगरे ३ अंक घट्नेछ।
  • हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ।
  • असंयमित भएर सवारी चलाए ३ अंक घट्नेछ।

फेल हुने अवस्थाहरूः

  • एकपटक भन्दा बढी भुइँमा टेके अर्थात् स्टार्ट बन्द भएमा।
  • एकपटक भन्दा बढी अंकित रेखा छोएमा वा खुट्टा भुइँमा टेकेमा।
  • ठीक दिशाबाट ठीक तरिकाले ८ नबनाएमा।
  • सवारीको स्टार्ट बन्द भएमा।
  • साँघुरो फलेकमा खुट्टाले भुइँ टेक्दा अर्थात् फलेकको लम्बाई पार गर्नु अगाडि नै सवारी फलेक बाहिर निस्किएमा।
  • उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अगाडि बढेमा वा रोकिएको अवस्थाबाट सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा।
  • उकालो सकेर ओरालो झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढे फेल भइनेछ।