७ मंसिर २०८१, शुक्रबार 1732307690
समाचार

अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो,‘छोरा पाउने अभिभावक भन्दा छोरी पाउने बाबुआमा भाग्यमानी हुन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रत्येक व्यक्तिको पहिलो शिक्षक आमा भएकोले महिलालाई शिक्षामा जोड दिनुपर्ने बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा अखिल नेपाल महिला संघले आज वसन्तपुर, काठमाडौंमा गरिएको कार्यक्रममा बोल्दै उहाँले महिलाहरु शसक्त हुँदै गएको बताउनुभयो । सो कार्यक्रममा बोल्दै छोरा र छोरीमा विभेद नगर्न आग्रह गर्नुभयो । उहाँले छोरी पाउने धेरै भाग्यमानी भएको समेत बताउनुभयो ।

अध्यक्ष ओलीले छोरीले हेला होचाइका साथ हुर्किनु नपरोस भन्दै महिलाहरुलाई अघि बढाउन सरकारले विशेष नीति बनाउनुपर्ने बताउनु भयो । उहाँले छोरीहरू पढाइमा अब्बल हुने र लोकसेवा टप्नेमा महिला धेरै भएको पनि बताउनु भयो ।

उहाँले महिला पीडित हुने विषयलाई गम्भीर रुपमा लिएको बताउँदै गत वर्ष एसिड आक्रमणका सन्र्दभमा कडा खालको कानुन ल्याएको उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले राजनीतिमा महिला सहभागिता ३३ प्रतिशत पु¥याएको जिकिर गर्नुभयो । यस्तै संसदमा ३३ प्रतिशत र स्थानीय तहको जनप्रतिनिधिमा ४१ प्रतिशत महिला सहभागी गराएको बताउदै विश्वका शक्तिशाली देशलाई नेपालमा ३३ प्रतिशत महिला सहभागिता गराएको भन्दा जिब्रो टोक्ने गरेको उल्लेख समेत गर्नुभयो ।