८ मंसिर २०८१, शनिबार 1732360630
Banner

राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रपतिबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । आजको बैठकले सरकारमा रहने नरहने पनि टुंगो लगाउने सचिव पदमा अर्यालले बताउनुभयो ।

आज राष्ट्रपति पदका लागि उमेदवारी मनोनय हुँदै छ । राष्ट्रपतिमा उमेदवारी दिने/नदिने अथवा कसलाई उमेदवार बनाउने बैठकले निर्णय गर्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारे छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताउनुभयो ।

अहिलेको सत्ता गठबन्धन टुटेको अवस्थामा एमालेले राष्ट्रपति निर्वाचनमा के गर्छ धेरैले चासोपूर्वक हेरेका छन् ।