१० जेष्ठ २०८३, आइतबार 1779668973
Banner

चैत मसान्तसम्म सुकुमबासी व्यवस्थापन गर्न रास्वपाको सरकारलाई सुझाव

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी चैत मसान्तसम्म सुकुमबासीको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ। 

आइतबार बसेको सचिवालय बैठकले घरबाहर विहीन भएका सुकुमबासी कम्तीमा ७५ प्रतिशत समस्या हल गर्न सुझाव दिएको हो। घरबार विहीन भएका सुकुमबासीलाई व्यवस्था गर्न सरकारलाई सुझाव दिइएको हो ।

यसको लागि अधिकार सम्पन्न प्राधिकार बनाउनु पर्ने पार्टीले निष्कर्ष निकालेको छ’, बैठकपछि प्रवक्ता मनिष झाले भने, ‘चैत मसान्तभित्र कम्तीमा ७५ प्रतिशत व्यवस्थापन गर्नुपर्ने र प्राधिकार गठन भएर लगत उपलब्ध नगरेसम्म अन्यन्त्र डोजर चल्ने छैन भन्ने सुनिश्चित गर्न सकारलाई सुझाव दिएको छ ।’