८ मंसिर २०८१, शनिबार 1732371595
Banner

दुधको मूल्य साढे ९ रुपैयाँ बढाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले कच्चा दूधको मूल्य साढे नौ रुपैय वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले आज बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकले दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको जानकारी उहाँले दिनुभयो ।