हङकङ – न्युजिल्याण्डको केर्माडेक टापुमा शनिबार बिहान ६ः४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र शुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको बताइएको छ । भूकम्पको असर बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ । रासस/सिन्ह्वा