२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 1:19 pm
विश्व

पाकिस्तानको कराँची शहरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु

सूचना प्रेस २०७९ चैत्र १८ शनिबार ००:००, ०६:४४ बजे १ मिनेट पढाइ

पाकिस्तानको कराँची शहरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ। आठ महिला र तीन बालबालिकाको मृत्यु भएको हो। २९ जना गम्भीर घाइते भएका छन्।

घटना कराँचीस्थित एक कारखाना परिसरमा भएको हो। रमजानमा खाद्यान्नलगायत अन्य सामग्री वितरण गरिरहेको स्थानमा भागदौड मच्चिएको हो। 

रमजान चलिरहेका वेला पाकिस्तानमा निशुल्क पिठो पाउन भागदौडका घटना भइरहेका छन्। केही दिनअघि पञ्जाब प्रान्तमा पिठो वितरण भइरहेको स्थानमा संघर्ष चल्दा ११ जनाको मृत्यु थियो । एजेन्सी