काठमाडौं । प्रहरीले सिंहदरबार बाहिरबाट १७ जना मिटरब्याज पीडितलाई पक्राउ गरेको छ ।
शुुक्ररबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारअगाडि प्रदर्शन गरेका मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको हो ।
मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ परेका हुन् ।
विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।