काठमाडौं। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्मचारीलाई तलब खुवाउन समेत ऋण लिनपर्ने अवस्था रहेको बताएका छन् । देशमा अर्थतन्त्र ऋणात्मक रूपमा कमजोर बनिरहेको कारण यो अवस्था सृजना भएको उनले बताए ।
शनिबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
‘मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको, कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ। यसबाट मुक्ति हुनका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन गर्नेछौं।’ उनले भने।
प्रतिस्पर्धा आफ्नो ठाउँमा रहेपनि देश बनाउने र जनताको हितमा काम गर्न, मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र देशको भुगोलको रक्षामा गर्नमा कसैको पनि डर मान्न नपर्ने खड्का बताए ।