२२ बैशाख २०८३, मंगलबार 1778004205
खेलकुद

७ वर्षपछि थ्रीस्टार क्लब फर्किए सन्तोष

काठमाडौं । ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता सन्तोष साहुखल सात वर्षपछि थ्रीस्टार क्लब फर्किएका छन् ।

लिगमा एक सय गोल गर्ने एक मात्र खेलाडी सन्तोषलाई जारी लिगका लागि थ्रीस्टारले अनुबन्ध गरेको हो। पाटने क्लबले शनिवार सामाजिक सञ्जालमार्फत साहुखललाई अनुबन्ध गरेको जनाएको छ।

साहुखलले गत सिजन च्यासल युथ क्लबबाट लिग खेलेका थिए । हाल जापानमा बस्दै आएका उनी लिगका बेला नेपाल आएर खेल्ने गर्छन्।

उनले पछिल्लो पटक सन् २०१५ मा थ्रीस्टार खेलेका थिए । त्यो बेला थ्रीस्टारले राष्ट्रिय लिगको उपाधि जित्दा उनी महत्वपूर्ण सदस्य थिए। जारी लिगमा थ्रीस्टार ६ खेलबाट १० अंकसहित छैटौं स्थानमा छ।