२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 1:11 pm
समाचार

थप ९९ जनामा कोरोना संक्रमण

सूचना प्रेस २०८० बैशाख ३ आइतबार ००:००, १५:५६ बजे १ मिनेट पढाइ

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा ५० जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेका छन् ।