काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संवैधानिक परिषद्मा मात्र सरकारले प्रतिपक्ष खोजेको आरोप लगायका छन् । उनले आजको संवैधानिक परिषद्को आजको बैठकमा यस्तो प्रश्न गरेका छन् ।
‘तपाईंहरुलाई संवैधानिक परिषद्को बैठक बस्न मात्रै प्रमुख विपक्षी दलको नेता चाहिदो रहेछ, अरुमा मतलब हुँदो रहेनछ’ ओलीको भन्छन्, ‘अहिले संवैधानिक परिषदबाट सिफारिस भएर गएपनि संसदीय सुनुवाइ विशेष समिति गठन नभएसम्म प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढ्ने होइन । समिति गठनका विषयहरु पहिले टुंग्याऔं, त्यसपछि संवैधानिक परिषदको बैठकमा विपक्षी दलको नेता बाधक बन्दैन ।’
संसदीय समिति गठनलाई समेत प्राथमिकता राख्नुपर्ने अडान राखेपछि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक विना निष्कर्ष टुंगिएको छ ।