२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 12:37 pm
Banner

साँखु–लप्सीफेदी सडकमा चार वटा टिपर एकैपटक दुर्घटना

सूचना प्रेस २०८० बैशाख ९ शनिबार ००:००, १४:४३ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौंको साँखु–लप्सीफेदी सडकमा चार वटा टिपर एकैपटक दुर्घटनामा परेका छन्। शनिबार बिहान काठमाडौंको साँखु–लप्सीफेदी स्थित जंगलमा चार वटा टिपर एकैपटक ठोकिएका हुन्।

बा ५ ख ४५७०, ना ८ ख २९१९, प्रदेश ३–०१–००६ ख १०७२ र बा ३ ख ३९२७ नम्बरको टिपर एकैपटक ठोकिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बिहान सवा ५ बजे दुर्घटना भएको बताए।

उनका अनुसार दुर्घटनामा एक जना चालक घाइते भएका छन्। साँखुस्थित पिपुल्स लाइफ केयर हस्पिटलमा उपचार भइरहेको छ। तीव्र गतिका कारण टिपर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।