२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:13 pm
खेलकुद

मौसमका कारण नेपाल र साउदी अरबबीचको खेल प्रभावित

सूचना प्रेस २०८० बैशाख ११ सोमबार ००:००, ०९:२७ बजे १ मिनेट पढाइ

काठमाडौं। एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण प्रभावित भएको छ।

समूह ‘ए’ मा रहेका नेपाल र साउदी बीचको खेल मूलपानी मैदानमा अहिले ९ बजेदेखि सुरु हुनुपर्ने तालिका थियो। तर, मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण साढे ८ बजे हुनुपर्ने टस अहिलेसम्म भएको छैन ।

मूलपानी माथिल्लो मैदानको पीच छोपिएको छ । सिमसिम पानी पर्न रोकिएको छैन ।