८ मंसिर २०८१, शनिबार 1732353145
Banner

भ्रम फैलाएको आरोपमा फ्लाई दुवईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुवईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थलमा प्रवेशमा रोक लगाएको छ। 

प्राधिकणले विना प्रमाण त्रिभुवन विमस्थलमा उडानको क्रममा चरा ठोक्किएको भनी भ्रमपूर्ण सूचना फैलाएकाले कारबाही गरेको हो। 

कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरको एयरपोर्टभित्र जाने पास समेत निष्क्रिय बनाइएको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले चरा ठोक्किएको प्रमाण नदेखाई भ्रम फैलाउने काम गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘फ्लाई दुवईका पाइलटलाई जहाजमा के समस्या आएको हो, प्रमाण पेश गर्न भनेका छौँ । हामीले चरा ठोक्किएको प्रमाण नदेखेकाले फ्लाई दुवईका प्रतिनिधिलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ।’