८ मंसिर २०८१, शनिबार 1732348841
समाचार

३ दिन पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यका लगायत देशभर अझै ३ दिन वर्षाको सम्भावना रहेको जनाएको छ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रहि लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भूभागहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको उनले बताइन्।

दिउँसो आंशिकदेखि सामान्य बदली रहि पहाडी र तराई भूभागका केही स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको छ ।

विभागकाअनुसार ३ दिनसम्म पानी पर्ने र रोकिने क्रम चलिरहने सम्भावना छ। प्रिमनसुन चलिरहेको छ। पानी रोकिने र पर्ने क्रम चलिरहेपनि बादल भने लागिरहने विभागले जनाएको छ ।

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिनका लागि सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।