८ मंसिर २०८१, शनिबार 1732401394
Banner

टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउन : एमाले

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले सचिव टोपबहादुर रायमाझीले प्रहरी अनुसन्धानलाई सघाउनुपर्ने निर्णय गरेको छ । रायमाझीलाई कारबाही गर्ने विषयमा भने छलफल नभएको एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । बैठकपछि पत्रकारहरुसँग बोल्दै गुरुङले एमाले विधिको शासन मान्ने पार्टी भएकाले विधिपूर्वक गरिने अनुसन्धानलाई सघाउनुपर्नेमा जोड दिनुभयो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको विषयमा जोडिएका रायमाझीको नाममा पक्राउ पूर्जी जारी भएको छ । तर उनी फरार छन् ।

आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न सोमबार पार्टी कार्यालय, च्यासलमा बसेको स्थायी कमिटी बैठकमा यसबारे पनि छलफल भएको थियो ।

बैठकपछि प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भन्नुभयो, ‘कमरेड टोपबहादुर रायमाझीले जुन अनुसन्धानको सन्दर्भमा उहाँको नाम आएको छ । कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक कानुन पूर्वक अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ ।’