२७ भदौ २०८३, शनिबार 1789254629
Banner

विदेशबाट फर्किँदा दुईवटा मोबाइल ल्याउन दिने सरकारको निर्णय

काठमाडौं । वैदेशिक रोजगारीबाट नेपाल फर्किँदा थप एउटा मोबाइल ल्याउन दिने सरकारले निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थप एउटा मोबाइल ल्याउन दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यसअघि भन्सारले मोबाइल जफत गर्न थालेपछि सरकारको चर्को विरोध भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे आवश्यक निर्णय गर्ने बताउनुभएको थियो ।