८ मंसिर २०८१, शनिबार 1732379693
Banner

प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा छलफल

काठमाडौं । प्रमुख दलका शीर्ष ३ नेता बालुवाटारमा छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा सहभागी छन्।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिएको हो।

यसअघि पनि पटक पटक यी ३ नेताहरूबिच भेटवार्ता भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण लगायत दर्जन बढी पक्राउ परिसकेका छन् ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन्।