९ मंसिर २०८१, आइतबार 1732465948
Banner

सबै प्रकारका प्रोत्साहन भत्ता खारेज, सरकारी पदाधिकारीलाई इन्धन पनि नदिईने

काठमाडौँ । सरकारले सबै खालका प्रोत्साहन भत्ता खारेज गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत आगामी बजेटमार्फत सबै खालका भत्ता खारेज गरिएको बताए ।

यस्तै सवारी साधन खरिदमा पनि निरुत्साहित गरिने, सरकारी कर्मचारीलाई सवारी साधनको सट्टा एकमुष्ट रुपमा नगदै प्रदान गरिने व्यवस्था गरिने बजेटमा उल्लेख छ । साथै सबै सार्वजनिक संस्थानमा नयाँ संरचना र दरबन्दी प्रस्तावना नगरिने पनि बताइएको छ ।

त्यस्तै सरकारी पदाधिकारीलाई नेपाल सरकारले प्रदान गर्दै आएको इन्धनको व्यवस्था खारेजी गरिएको छ। सवारी सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डका आधारमा नगद नै प्रदान गरिने उनले बताए।