काठमाडौँ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान गरिएको छ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकपछि सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरिएको हो ।
कार्कीविरूद्ध पत्र र इमेलबाट उजुरी दिन सकिनेछ। कार्की अहिले सर्वोच्चको कामु प्रधानन्यायाधीश छन्।
ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाको अध्यक्षतामा बसेको सुनुवाइ समितिको बैठकले सुनुवाइ समिति कार्यविधि पनि पारित गरेको छ।