काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली भूभाग कालापानी भारतसँग सट्टापट्टा गर्न सकिने भनेर दिएको अभिव्यक्तिको विरुद्धमा नेकपा एमालेले आज विरोध प्रदर्शन गरेको छ। एमालेको सम्पर्क समन्वय कमिटीको आयोजनामा माइतीघरमा विरोध प्रदर्शन भईरहेको हो ।
माइतीघर मण्डलामा राष्ट्रघात, जनघात तथा भ्रष्टाचार विरुद्ध एमालेले विरोध प्रदर्शन गरिरहेको छ । विरोध सभामा पुर्व मेयर विद्यासुन्दर शाक्य लगायत एमालेका नेता कार्यकर्ताको सहभागिता रहेको छ । सम्पर्क समन्वय कमिटी, प्रदेश सम्पर्क कमिटी, जिल्ला सम्पर्क मञ्च, पालिका सम्पर्क मञ्चलगायत सम्पर्क मञ्चलाई विशाल विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेको छ ।