१० मंसिर २०८१, सोमबार 1732515309
विश्व

पाकिस्तानमा भारी वर्षा : २५ जनाको मृत्यु

काठमाडौँ-भारी वर्षाले पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा घरहरू भत्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

खैबर पख्तुनख्वा प्रान्तको बन्नु, लक्की मारवत र कारक जिल्लाहरूमा शनिबार वर्षा र असिनाले क्षति पुर्‍याएको वरिष्ठ उद्धार अधिकारी खातीर अहमदले जानकारी दिए ।

रुख ढल्दा विद्युतीय प्रसारण टावर ढलेर १४५ जना घाइते भएका छन् । “अधिकारीहरूले घाइतेहरूलाई आपत्कालीन राहत उपलब्ध गराउन काम गरिरहेका थिए,” अहमदले भने ।

गत महिना गर्मीमा असामान्य हिमपातको क्रममा हिमपहिरोमा परी महिला र बालबालिकासहित करिब एक दर्जन व्यक्तिको मृत्यु भएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले शनिबार आँधीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यलाई तीव्रता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

यसैबीच, अरब सागरबाट चक्रवात बिपरजोय नजिक आइपुगेपछि सरिफले अधिकारीहरूलाई आपत्कालीन उपायहरू राख्न आदेश दिए । अल्जजिरा