११ कार्तिक २०८१, आइतबार 1730060052
Banner

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ आजदेखि

काठमाडौँ ।  संसदीय सुनवाइ समितिले कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई आज छलफलका लागि बोलाएको छ । समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कार्कीलाई आज छलफलका लागि बोलाएको हो । 

लामो समयदेखि कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो । संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सिफारिसमा पर्नुभएका कार्कीलाई उहाँ विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ । 

उहाँ विरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग बुधवार छलफल गरेको थियो ।