११ कार्तिक २०८१, आइतबार 1730060163
Banner

प्रस्तावित प्रधानन्यायाधीश कार्कीले भने, मलाई सर्वोच्च अदालत जानै मन थिएन

काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूलाई सर्वोच्च अदालत जाने मन नभएको बताएका छन् । संसदीय सुनवाइ समितिको बैठकमा प्रष्टीकरण दिँदै उनले भने,’मलाई सर्वोच्च अदालतमा जान मन थिएन । तर तत्कालीन प्रधानन्यायाधीशले तपाईँको भूमिका अब न्यायपालिका खोजेको छ भन्ने अनुरोध गर्नुभएपछि म सर्वोच्च गएको हुँ ।’ उनले फौजदारी, देवानी मुद्दा हेर्ने निजी संस्थामा कानुनी सल्लाहाकार भूमिका खेलेँको । राष्ट्रिय महत्वको विषयमा काम गरेँको । राष्ट्र निर्माणमा भूमिका खेलेँको बताएका छन् ।

संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीले प्रष्टीकरण दिने क्रम जारी छ ।

बुधबार उजुरीकर्तासँग छलफल गरेपछि आज समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई सुनुवाइका लागि बोलाएको हो ।

कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् । गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।