८ मंसिर २०८१, शनिबार 1732346038
राजनीति

मङ्गलवार समाजवादी मोर्चा घोषणा गर्ने तयारी

काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले समाजवादी मोर्चा मङ्गलवार घोषणा गर्ने तयारी गरिएको बताएका छन्। एमाले बाहेक कम्युनिस्ट र समाजवादी पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गर्न लागिएको हो।

समाजवादी मोर्चाको नाम, घोषणापत्र र समसामयिक विषयमा कार्यपत्र तयार भइसकेको महराले बताए। उनले मोर्चाको नेतृत्व, साङ्गठनिक संरचना लगायत विषयमा आज र भोलिसम्म टुङ्गो लगाइने बताए।

अहिले तत्काल माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा समेटिने भएका छन्। बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई समेट्ने विषयमा छलफल जारी छ।