११ कार्तिक २०८१, आइतबार 1730024004
Banner

समाजवादी मोर्चाको औपचारिक रूपमा घोषणा

काठमाडौं । राष्ट्रिय सभागृहबाट सोमबार समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको छ ।

केहीबेर अघि प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेर मोर्चाको औपचारिक रूपमा घोषणा गरिएको हो ।
घोषणासभामा समझदारीपत्रमा हस्ताक्षर हुँदा सहभागी नेता कार्यकर्ताले मोर्चाको पक्षमा चर्को हुटिङ गरेका थिए ।

यसअघि विभिन्न कारण देखाएर समाजवादी मोर्चा घोषणामा उपस्थित हुन नसक्ने बताएका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि उपस्थित छन् ।

Tags :