१० कार्तिक २०८१, शनिबार 1729966422
Banner

आन्दोलनरत नागरिकतापीडितमाथि प्रहरीको हस्तक्षेप

काठमाडौं । प्रहरीले नागरिकताको माग गर्दै आन्दोलनरतमाथि बल प्रयोग गरेको छ।

आइतबार काठमाडौंको माइतीघरमा नागरिकताको माग गर्दै आन्दोलनरत प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरिरहेको छ।

मंगलबार भने प्रहरीले उक्त आन्दोलनमा हस्तक्षेप गरेको हो। निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले बल प्रयोग गरेको हो।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ।

तर, उक्त व्यवस्था कार्यान्वयन नहुँदा जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुको सन्तान नागरिकताविहीन छन्।

Tags :