१० कार्तिक २०८१, शनिबार 1729973054
Banner

मन्त्रालयगत कार्यक्रम समावेश पुस्तिकामा प्रदेशको नाम राख्न सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले मन्त्रालयगत कार्यक्रम समावेश भएको पुस्तिकाहरुमा प्रदेशको नाम राख्न निर्देशन दिएका छन् ।

शहरी विकास मन्त्रालयबाट वार्षिक रुपमा सम्पादन हुने कार्यक्रम समावेश गरिएको पुस्तिकामा लुम्बिनी प्रदेशको नाम समावेश नभएपछि नेकपा एमालेले नियमापत्ति गरेको थियो । सोपश्चात् सभामुखले यस्तो निर्देशन दिएका हुन् ।

यस्तै, शहरी विकासमन्त्री सीता गुरुङले यदि त्रुटि भएको रहेछ भने सच्याउने बताइन् । सभामुखले सरकारको प्रतिवद्धता आइसकेकाले छलफल अघि बढाउने बताए ।

तर एमाले सांसद छविलाल विश्वकर्माले प्रदेशसभाले राखिसकेको नाम बजेट पुस्तिकामा नराख्नु संविधानविपरीत हुने बताए । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रदेशको नाम छुटाउनु सरकारको गल्ती भएको बताए ।

तर सभामुखले रुलिङ गरिसकेपछि पनि आफूले भनेअनुसार नै रुलिङ हुनुपर्छ भनिरहने हो भने अर्कै ठाउँमा पुग्ने बताएपछि सभामुखले प्रतिनिधिसभा बैठक रोकेर दलका प्रतिनिधिको छुट्टै छलफल राखे ।

Tags :