काठमाडौं । एएफसी कप छनोटको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र एफसी र भुटानको पारो एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।
नेपालको लिग उपविजेताको हैसियतमा मछिन्द्रले एएफसी कप छनोट खेल्न पाएको हो । मछिन्द्र, भित्रुवन आर्मी र एपीएफ फुटबल क्लबसँग मात्र एएफसी क्लब लाइसेन्स छ ।
मछिन्द्र र पारोबीचको खेल २३ साउनमा हुनेछ । यो खेल कहाँ खेलिने भन्नेबारे प्रष्ट नभए पनि एएफसीको वेवसाइटमा उल्लेख भएअनुसार मछिन्द्रले पारोको आतिथ्य गर्नेछ ।
खेलको विजेताले एक सातापछि भारतीय क्लब मोहन बगानसँग प्रारम्भिक छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछ ।
दक्षिण एसियाली क्षेत्रबाट बंगलादेशको अबहानी लिमिटेड ढाकाले ३१ साउन (अगष्ट १६)मा प्राम्भिक छनोटको दोस्रो चरणमा माल्दिभ्सको क्लब इगलसँग खेल्नेछ ।
दोस्रो चरणका दुई विजेताबीच मुख्य छनोट स्पर्धामा प्रवेश पाउनका लागि प्लेअफ खेल हुनेछ । यो खेल ५ भदौमा (२२ अगष्ट)मा हुनेछ ।