१० कार्तिक २०८१, शनिबार 1729973132
Banner

बूढानीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

बिहीबारबाट सुरु भएको १२औ अधिवेशनमा नगरप्रमुख मिठाराम अधिकारीले आव २०८०८१को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नगरले आगामी २०८१ लाई पर्यटन वर्षको रुपमा मनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । पर्यटन प्रवद्र्धनका लागि स्थानीय तथा अन्तर्राष्ट्रिय नगरसँग भगिनी सम्बन्ध पनि स्थापना गरिने सो नीति तथा कार्यक्रममा उल्लेख छ ।

दीगो वन तथा सांस्कृति संरक्षणका लागि कार्य अघि बढाउने, सडक हरियालीका लागि सडकका दुवै किनारामा वृक्षरोपण गर्ने, सार्वजनिक जग्गामा विभिन्न जातका फलफूल रोप्ने, विभिन्न जातका चराचुरुङ्गी एवं वन बुट्यान जलाधार क्षेत्रको रुपमा घोषणा गर्ने सो नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै बूढानीलकण्ठलाई हरियाली शहर बनाउन अभियान सञ्चालन गर्ने पनि बताइएको छ ।

यस्तै, प्लाष्टिकका झोलालाई निरुत्साहित गरी स्थानीय कच्चापदार्थ तथा कपडाबाट बनेका झोलालाई प्रोत्साहन गर्ने बनाइएको छ ।
सार्वजनिक पार्क व्यवस्थापनका लागि हेरालुको व्यवस्था गरी पर्यटकीय स्थलको रुपमा स्थापित गरी आम्दानीको स्रोतको स्थापित गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

धोवी खोला, रुद्रमति, विष्णुमति, च्यानेखोलालगायत नदीको सरसफाई गर्ने र स्वच्छ पानीका लागि सबै नागरिकलाई सुसूचित गर्ने सो नीति तथा कार्यक्रममा उल्लेख छ ।

वातावरणीय सचेतनाका लागि युवालाई परिचालन गर्ने पनि सो नीतिले लिएको छ ।

यस्तै, नगरपालिकाको फोहोर नगरपालिकाले व्यवस्थापनका लागि फोहोरको वर्गीकरण गर्ने उल्लेख छ । फोहोर व्यवस्थापनका लागि नगरले सार्वजनिक स्थलमा सिसी क्यामरको जडान गर्ने नीति लिने उल्लेख छ । यदि त्यसो गरेमा कारबाही गर्ने पनि उल्लेख छ ।

यस्तै, फोहोर संकलकको स्वास्थ्य, बिमा तथा खाद्य सुरक्षाको व्यवस्था गर्ने पनि नगरको नीति छ ।

यस्तै, नगरले विपद व्यवस्थापनका लागि युवालाई परिचालन गर्ने नीति लिएको छ । त्यसैगरी, स्थानीय सीपलाई प्रवद्र्धन पनि नगरको नीति तथा कार्यक्रममा उल्लेख छ ।