१० कार्तिक २०८१, शनिबार 1729981172
Banner

मलको आपूर्ति विगतको जस्तो हुन्न : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो वर्ष रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको बताएका छन् । साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उनको दाबी छ। संसद्‌मा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरे । उनले ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उनले दाबी गरे । साथै यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने भन्दै उनले भने, ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन ।’