१० मंसिर २०८१, सोमबार 1732519780
पालिका

मर्यादाको विषयलाई लिएर राजनीतिक दलका प्रतिनिधि गाउँसभामा उपस्थित नहुने

काठमाडौं । सिमकोट गाउँपालिकाको गाउँ सभामा राजनीति दलका नेता तथा प्रतिनिधि उपस्थित नहुने भएका छन्।

पत्राचार गर्दा अतिथिको रूपमा बोलाउने, तर सभामा मर्यादा क्रम नमिलाएको भन्दै चार राजनीतिक दलका नेताहरु सभामा सहभागिता नजनाउने भएका हुन् ।

शनिबार बिहान बसेको राजनीतिक दलहरूको बैठकले मर्यादाको विषयलाई लिएर बैठकमा नजाने सामूहिक निर्णय गरेका हुन्।
सो बैठकमा सहभागी नकेपा माओवादी केन्द्रका सचिव धर्मराज बोहराले काम र व्यवहार फरक देखिएपछि दलहरू सभामा उपस्थिति नहुने निर्णयमा पुगेको बताए ।

गाउँपालिकाले पत्र पठाउने तर कार्यक्रममा कर्मचारी र वडाअध्यक्षभन्दा पनि तल राजनीति दलहरूलाई राखेर सम्बोधन गर्ने कार्यतालिका देखिएपछि अपमान गरेको भन्दै दलहरू सभामा नजाने निष्कर्षमा पुगेको सचिव बोहराको भनाइ छ।

कांग्रेस उपसभापति बसन्त रोकायाले अपमान गरिएको सभामा जानुको अर्थ नहुने देखिएको कारण दलको वैठकले नजाने निर्णय गरेको बताए । शनिवार बिहान नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठक बसेको थियो।

यस सम्बन्धमा गाउँपालिका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुशीला रोकाया भामसँग दलका नेताले कुरा राख्दा वडाअध्यक्ष उपसचिव सहर भएको कारण अगाडि राखेको प्रतिक्रिया नेताहरूले पाएका थिए ।

अब बिकास निर्माण र अन्य सरोकारका विषयमा छलफल गर्न जिल्लाका दलहरूको सर्वदलीय बैठक हप्ताको एक पटक बस्ने भएको छ।

सिमकोट गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएर गाउँ सभासमक्ष आगामी वर्षको छ बुँदे नीति ल्याउदै छ।

गाउँपालिकाले आगामी वर्षको नीति छुट्टै कार्यक्रम आयोजना गरेर ल्याउन लागेको हो ।

Tags :