८ मंसिर २०८१, शनिबार 1732354925
Banner

रुपन्देहीका रमानन्द बानियाँको घर विप्लबनिकट नेकपा माओवादीको कब्जामा

काठमाडौं । विप्लबनिकट नेकपा माओवादीका कार्यकर्ताले रुपन्देहीका रमानन्द बानियाँको घर कब्जामा लिएका छन् ।

रुपन्देहीस्थित सिद्धार्थनगर नगरपालिका ५ मिलनचोकमा मिटरव्याजी पीडितहरुको आग्रहमा नेकपा माओवादीका कार्यकर्ताले’मिटरब्याजी’ रमानन्द बानियाँको घर कब्जामा लिएको बताइएको छ ।

मिटरब्याजी बानियाँले रुपन्देहीका झण्डै डेढ सयभन्दा बढी किसानलाई न्युनतम ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर कपाली तमसुक,दृष्टिबन्दक गराएर किसानका करोडौं रकम ब्याजका नाममा ठगेको उजुरी आएको नेकपाको दाबी छ ।

बानियाँले झण्डै ७६ जना किसानहरुलाई ऋण दिँदा ५० प्रतिशत बढी ब्याजसमेत लगाएको विवरणमा सार्वजनिक गरिएको छ ।

भैरहवा, लुम्बिनी सांस्कृतिक र तिलोतमा नगरपालिका आसपासमा दर्जनौं किसान तथा साना व्यापारीलाई ऋण दिने बाहनामा मिटर ब्याजमार्फत करोडौं असुलेको पीडितहरुले बताएका छन् ।

Tags :