९ मंसिर २०८१, आइतबार 1732447902
पालिका

सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब १० करोड ५० लाख विनियोजन (पूर्णपाठसहित)

काठमाडौँ । सूर्यविनायक नगरपालिकाले २ अर्ब १० करोड ५० लाख बजेट बिनियोजन गरेको छ । हिजो बसेको नगरसभाको चौधौं अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १० करोड ५० लाख बजेट विनियोजन गरेको हो ।

जसमध्ये पुँजीगत तर्फ रु.१ अर्ब ११ करोड ९२ लाख ३३ हजार र चालू तर्फ ९८ करोड ५७ लाख ६७ हजार विनियोजन प्रस्ताव गरिएको छ ।

सूर्यविनायकले कूल बजेट मध्ये नगरपालिकाको आन्तरिक स्रोतबाट १ अर्व १० करोड ६९ लाख, जिल्ला समन्वय समितिबाट २ करोड, संघ सरकारको तर्फबाट ८४ करोड ४२ लाख र बागमती प्रदेश सरकारको तर्फबाट १३ करोड ३८ लाख कुल बजेटको स्रोत व्यवस्थापन हुने उल्लेख छ ।

यस्तो छ पूर्णपाठ