काठमाडौँ-काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

आज बिहान उनीहरू इनारमा डुबेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपेन लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरूङ रहेका छन् ।
पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए भने दिपेनलाई बचाउन त्यसपछि जितेश इनारमा गएको प्रहरीले बताएको छ ।


