२४ बैशाख २०८३, बिहिबार 1778177140
अर्थ

राष्ट्रिय वाणिज्य, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षले दिए राजीनामा

काठमाडौं । सरकारी स्वामित्वमा रहेका तीन वटै बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । आज राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् ।

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंक अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राजीनामा बुझाएका छन् ।

अध्यादेशले उनीहरूलाई नछोए पनि सरकारले राजीनामाका लागि दबाव दिएपछि तीनै जनाले राजीनामा बुझाएका बुझिएको छ ।