२४ बैशाख २०८३, बिहिबार 1778173778
Banner

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध विशेष अदालतमा पोखरा विमानस्थल निर्माणका क्रममा भएको अनियमितता प्रकरणमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध ३ अर्ब भन्दा बढी विगो मागदाबी गरिएको छ ।

निर्माण कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिएर राज्य कोषमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ नोक्सानी पुर्‍याएको अभियोगमा उल्लेख छ ।