१० कार्तिक २०८१, शनिबार 1729972664
Banner

कोशी सत्ता समीकरण : माओवादीले विश्वासको मत नदिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमालेको नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ ।

बिहीबार बसेको नेकपा माओवादीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बरु सो बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

यसअघि कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रको समर्थनमा नेकपा एमालेको नेतृत्वमा हिकमत कार्की मुख्यमन्त्री बनेका थिए ।

संघमा नेकपा एमाले–माओवादीबीच सहकार्यमा नेकपा माओवादीको नेतृत्वमा सरकार बनेको थियो । त्यही अनुरुप यस प्रदेशमा पनि नेकपा एमालेको नेतृत्वमा सरकार बनेको थियो ।

तर,संघमा नेकपा एमाले र नेकपा माओवादीबीचको सत्ता समीकरण विभाजन भएसँगै कोशी प्रदेशमा पनि सत्ता समीकरण अन्योल अवस्थामा रहेको हो ।

Tags :