१० कार्तिक २०८१, शनिबार 1729966446
Banner

आवश्यक परे कोशी प्रदेशमा मध्यावधि हुन्छ : सांसद थापा

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आवश्यक परे कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जान सकिने बताएका छन् ।
प्रदेशसभा सचिवालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदैछन् । तर, नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउने सम्भावना छैन । उनले त्यसको जवाफ संसदबाटै दिने बताए ।

‘बरु प्रदेश मध्यावधिमा गयो भने फेस गरौंला । मध्यावधिमा जानु ठूलो कुरा भएन । तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं’, थापाले भने, ‘त्यसका लागि ४ दल (कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा) बीच एक भएर अघि बढ्ने सहमति भएको छ । सहमति अक्षरसः पालना हुन्छ । त्यसमा कुनै शंका गर्नुपर्दैनन् ।’

Tags :