१० मंसिर २०८१, सोमबार 1732518778
खेलकुद

खेलकुद महासङ महानगर कमिटी गठन

काठमाडौं । नेपाल खेलकुद महासंघ भरतपुर महानगरपालिकाको प्रथम अधिबेशनबाट सर्वसम्मतरुपमा योग बहादुर गुरुङ अध्यक्षमा निर्बाचित भएका छन। खेल क्षेत्रका खेलाडी , प्रशिक्षक, पदाधिकारी तथा खेल सुभचिन्तक को सयौको संख्याको भेलाले गुरुङको अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्वाचित भएका छन । अधिबेशन लाई महासङका अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) ले भरतपुर स्थित नेकपा एमालेको पार्टी कार्यलयमा समुदघाटन गर्नु भयो । नेकपा एमाले को जनबर्गिय सङठन नेपाल खेलकुद महासङले यहि बैशाख ५ सम्म ७७ जिल्ला तथा सबै पालिका अन्तर्गतका कमिटी हरु बनाउदै कृयाशिल बनाउने नीति अनुरुप सात प्रदेश तथा उपत्यका विशेष कमिटीको गठन गरिसकेको छ । आगामी स्थानीय निर्वाचन लाई समेत मध्यनजर गरि गत चैत्र २८र२९ गते काठमाडौमा बसेको दोस्रो महाधिवेशन आयोजक कमिटी को प्रथम बैठकको निर्णयबाट महासङका निवर्तमान उपमहासचिव धरम बहादुर लामाको संयोजकत्वमा १००१ सदस्य चुनाव प्रचार प्रसार तथा निर्वाचन परिचालन कमिटी गठन समेत गरि सकेको छ।

खेलकुदलाई मनोरंजन र अतिरिक्त क्रियाकलाप मात्र नसम्झेर खेलकुद मानव जीवन को अनिवार्य क्रियाकलापका रुपमा लिनु पर्ने कुराको जोड दिदै प्रदेश न १ खेलकुद बिकास बोर्डका कार्यकारी सदस्य सचिव तथा नेपाल खेलकुद महासङका अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) बताउनु भयो।

कार्यक्रममा महासङ्का निवर्तमान उपाध्यक्ष ओमकृष्ण प्रसाईं, दिपेन्द्र दाहाल कोषध्यक्ष बिदुर शर्मा, उपमहासचिव धरम बहादुर लामा, उमेश के सि सचीव कपिल नेउपाने,पुस्प जोशी महासङका बाग्मती अध्यक्ष सिताराम कार्की तथा नेकपा एमाले चितवन जिल्ला कमिटीका उपाध्यक्ष कमल पाठक, उपसचिव निशा अधिकारी लगायत सयौ को संख्यामा खेलकुद क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थित रहेको थियो ।