८ मंसिर २०८१, शनिबार 1732405658
Banner

एक मत नपुग्दा कोशी प्रदेशमा ढल्यो एमाले सरकार

विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि कार्की नेतृत्वको सरकार ढलेको हो । आज प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत खसेको छ । ९४ सदस्यीय प्रदेशसभामा ८९ जना साँसद मात्र उपस्थित भएका थिए ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्थ्यो । कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यले मत दिए । उहाँको विपक्षमा ४३ मत परेको छ । १ मत नपुग्दा कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो । नेपाली कांग्रेसका, माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षमा मतदान गरे । कार्की नेतृत्वको सरकार ढलेकाले अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।