ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा ‘२ दिने डिजिटल’ पत्रकारीता तालिम सुरु भएको छ । शुक्रबार र शनिबार हुने कार्यक्रम ललितपुरको जावलाखेलमा सुरु भएको हो ।
२ दिने तालिममा पत्रकारहरूलाई विकसित प्रविधिको बारेमा तालिम दिइने महासंघका अध्यक्ष सागर न्यौपालेले जानकारी दिए । पत्रकारहरू सबैभन्दा बढी सूचना प्रविधिसँग जोडिनु पर्ने र उनीहरू विकसित प्रविधिसँग अपडेट नहुँदा पत्रकार मात्र नभएर सिंगो समाज पछि पर्ने अध्यक्ष न्यौपानेले बताए । त्यसकारण पत्रकारहरूको क्षमता विकासका लागि यो तालिम आवश्यक ठानेर आयोजना गरिएको उनले बताए ।
कार्यक्रम एसियन अमेरिकन जर्लालिष्ट एशोसियन एसियाको सहकार्यमा भएको हो । नेपाल पत्रकार महासंघका महासचिव, लेखा प्रमुख लेख्नाथ न्यौपाने र केन्द्रिय सदस्य रामकृष्ण अधिकारी थिए । तालिम उद्घाटनमा बोल्दै महासचिव पुरीले अब पत्रकारलेन नयाँ प्रविधिबारे धेरै जान्नुपर्ने बताए । पत्रकार महासंघ ललितपुरले पत्रकारको क्षमता विकासमा गरेको कार्यले पत्रकार दक्ष हुने विश्वास उनले लिए।
२ दिने तालिममा १७ जना पत्रकारहरू सहभागी भएर तालिम लिइरहेको महासंघ ललितपुरका सचिव रामहरि कार्कीले जानकारी दिए ।