१० कार्तिक २०८१, शनिबार 1729981063
Banner

मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः सञ्चालनमा आएको छ । लगातारको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल र कालीखोला सडकमा पहिरो खसेको थियो ।

पहिरो हटाएर यातायातका साधन सञ्चालन गराइएको ट्राफिक प्रहरीले जनाएको छ । पहिरो खसेका समयमा धेरै गाडी रोकिएकाले अहिले सडकमा चाप रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

उक्त क्षेत्रमा पटक–पटक खसेको पहिरो हटाएर यातायातका साधन सञ्चालन गराइएको छ ।