१० कार्तिक २०८१, शनिबार 1729983549
Banner

कर्मचारी-वकिल प्रकरण : वकिलले कर्मचारी कुटेको भाष्य निर्माण गर्न खोजेको बारको आरोप

ललितपुर । ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि कानून व्यवसायी अमिर लामिछानेले हातपात गरेको विषयलाई मिडियाले गलत प्रचार प्रसार गरेको आरोप लगाएका छन् ।

कमर्चारीले न्यायाधिश नियुक्तको विषयलाई अबरोध गर्न खोजेको आरोप लगाएका छन् । उच्च बार पाटन र ललितपुर जिल्ला बारले वक्तव्य लिकालेर यस्तो आरोप लगाएको हो ।

कर्मचारी संगठनको हड्ताल र महिला कर्मचारीमाथि हातपातको प्रचारले घटनाको वास्तविकता ओझेलमा परेको भन्दै उच्च बार पाटन र ललितपुर जिल्ला बारले भने वक्तव्य नै निकालेर ‘वारदात’ को बेलाको सीसीटीभी फुटेज सार्वजनिक गर्न अदालत प्रशासनलाई चुनौती दिएका छन् ।

आफ्नो कमर्चारीमाथि हातपात गरेको विरोधमा आइतबार देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन् । प्रेमिकामाथि हातपात गरेको आरोप लागेका वकिल लामिछाने प्रहरी हिरासतमा छन् तर कर्मचारी संघ संगठनहरुको हड्तालका कारण सेवाग्राहीले दुःख पाएका छन् ।

कर्मचारी संगठनको हड्ताल र महिला कर्मचारीमाथि हातपातको प्रचारले घटनाको वास्तविकता ओझेलमा परेको भन्दै उच्च बार पाटन र ललितपुर जिल्ला बारले भने वक्तव्य नै निकालेर ‘वारदात’ को बेलाको सीसीटीभी फुटेज सार्वजनिक गर्न अदालत प्रशासनलाई चुनौती दिएका छन् ।

उच्च अदालत बार र जिल्ला बारको वक्तव्यमा वकिलले कर्मचारी कुटेको भाष्य स्थापित गर्न खोजिएको बताएका छन्। ललितपुर जिल्ला अदालतमा गत असार १३ गते भएको कर्मचारी तामाङमाथि वकिल लामिछानेले हातपात गरेका थिए ।

बारले विज्ञप्तिमा भनेको छ, ‘अधिवक्ता लामिछानेले आफ्नो पक्षको मुद्दामा भएको आदेशको जानकारी लिने क्रममा फाँटवाला कर्मचारी प्रेमिका तामाङसँग अनुरोध गर्दा निजले आदेश हेर्न नदिएपछि सो विषयमा अदालतका श्रेष्तेदारसँग समेत अनुरोध गरेपछि निज कर्मचारीलाई आदेश हेर्न दिनुस् भन्दा आवेशमा आई कानून व्यवसायीलाई अपशब्द प्रयोग गरी हातपात गरेपछि कानून व्यवसायीले सामान्य प्रतिरक्षा गरेको विषयलाई अदालत प्रशासनले सीसीटीभी फुटेजको आधारमा विवादको टुंगो लगाउनुपर्नेमा कानून व्यवसायीलाई प्रहरी प्रशासनको जिम्मा लगाउने कार्य प्रति बार एशोसियसन घोर भर्त्सना गर्दछ ।’