१० कार्तिक २०८१, शनिबार 1729980540
राजनीति

विनाधितो ऋण दिन सांसद अमरेश कुमारको माग

काठमाडौं । सांसद अमरेशकुमार सिंहले सरकारले बैंकहरुले गाउँगाउँमा गरीब जनतालाई विनाधितो ऋण दिनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि सैद्धान्तिक छलफल भइरहेको छ ।

यस्तै, उनले गाउँका गरीब जनताबाट निक्षेप संकलन गरेर बैंकले ठूला व्यापारी्लाई मात्रै ऋण दिने गरेको भन्दै आपत्ति जनाए ।

‘सबै बैंकहरू ठूला व्यापारीका लागि छन् । ठूलो नेताहरूको घरघरमा त ठूला व्यापारी आउँछन् । विचरा, गरिब, दलित, किसान त आउँदैनन् । कुनै चेपाङ त आउँदैन । त्यो कारणले आज जगदम्बा ग्रुपले गति ऋण लिएको छ रु चौधरी ग्रुपले कति ऋण लिएको छ रु ज्योति ग्रुपले कति ऋण लिएको छ ? ठूलाठूलाले अर्बौमा ऋण लिने, त्यो गाउँका गरिबलाई एक लाख ऋण दिन्छ ? विना धितो ऋण दिन्छ ? अहिले पनि हाम्रो सामाजिक अवस्था यस्तो छ कि जहाँ जसको घडेरी पनि ऐलानीमा छ । आफ्नो जग्गामा छैनु, उनले भने, ुउसलाई पनि आवश्यक पर्छ बैंकको ऋण औषधिउपचारका लागि । बाबुआमा मर्दा श्राद्धका लागि वा छोराछोरी पढाउनका लागि । त्यसकारण गाउँगाउँमा ऋण दिने व्यवस्था गर्नुपर्छ बैंकबाट । गरिब जनताले चाहेको बेलामा बैंकहरूको ऋण दिने व्यवस्थाको सरकारले ग्यारेन्टी गर्नु पर्छ ।’

Tags :