१० कार्तिक २०८१, शनिबार 1729987723
Banner

बागमती प्रदेशको बजेट संशोधन गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशको बेजेट संशोधन गर्न माग गरेको छ ।

आइतबार प्रदेश राजधानी हेटौँडामा पत्रकार सम्मेलन गर्दै एमालेले ११ बुँदे माग राख्दै बजेट संशोधनका लागि आग्रह गरेको हो । माग पूरा नभए संसद चल्न नदिने नेकपा एमालेको माग छ ।

बजेट न्यायोचित नभएको भन्दै एमालेले आफूहरूलाई विभेद गरिएको बताएको छ । मुख्यमन्त्री र मन्त्रीको निर्वाचन क्षेत्रमा बढी बजेट विनियोजन गरेको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आरोप लगाए ।

एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सरकारले बजेट समेत मनोमानी ढंगले, अवैज्ञानिक तथा असन्तुलित हिसाबले प्रस्तुत गरेको छ । सरकारले बजेट विनियोजन गर्दा, प्रदेशको अर्थतन्त्र, सामाजिक आवश्यकताहरू, आवधिक योजना, दिगो विकासका लक्ष्य, अर्थव्यवस्थाको विकास र आर्थिक व्यवस्थाको समृद्धिलाई प्रोत्साहन गर्ने कुरामा अलिकति पनि ध्यान दिएको छैन । वार्षिक आर्थिक योजना, आर्थिक नीति, राष्ट्रिय आर्थिक प्राथमिकताहरू, आर्थिक उपकरणहरू, राष्ट्रिय आर्थिक मानकहरू, रोजगारी, कर, राजस्व, आर्थिक अवस्था, तथ्यांकन, मापदण्ड, व्यवस्थापन, स्थिरता इत्यादिको प्रत्याभूत यो बजेटले गराउन सक्दैन ।’

Tags :