११ कार्तिक २०८१, आइतबार 1730038254
Banner

नारायणगढ-मुग्लिन सडक आजपनि अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो।

पहिरोले एउटा ट्रक पल्टिएको छ भने पहिरो हटाउन सुरु गरिएको छ। अहिले सडक दुईतर्फी नै ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। पहिरो गएको स्थानमा ना ६ ख ७१० नम्बरको ट्रक पल्टिएको हो। ट्रकका चालक सामान्य घाइते भएका छन्।

अहिले पहिरो पन्छाउने र ट्रकलाई उठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो । यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । यो सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् ।