काठमाडौं । राष्ट्रिय युवासंघ नेपालको चारमहिने ‘मिसन नेक्सन इलेक्सन तार्गेट न्यू जेनेरेसन अन्तर्गनको भ्याली फुटसल च्यामिपियन्सको सम्पन्न भएको छ ।
नेपल राष्ट्रिय युवासंघद्वारा आयोजित सो प्रतियोगिता प्रतिनिधिसभाका सांसद कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगितामा कामनपा वडानम्बर १४ को टिम विजेता भयो । यो अभियान चार महिनासम्म चल्नेछ ।
श्रेष्ठले फुटसल खेल पारदर्शिता किसिमको खेल भएको बताउँदै जोस र होस सँगसँगै व्यवस्थापन गर्नुपर्ने बताए । जोस र होसको व्यवस्थापन मिल्न नसक्दा कहिलेकाहीँ बल हान्दा खुट्टामा लाग्नसक्ने बताउँदै यस्तोमा धैर्यता गर्नुपर्ने उनको भनाइ छ ।
शरीरलाई स्वस्थ, चुस्त र तन्दुरुस्त राख्नका लागि खेल आवश्यक हुने बताउँदै उनले युवा स्वस्थ भए मात्र देश बन्ने बताए ।
काठमाडौं महानगरको कमिटीको फुटसल सेलेक्सन प्रतियोगितामा संगठनका उपाध्यक्ष, महासचिव, सचिवालय सदस्यहरु, केन्द्रीय सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, काठमाडौं जिल्ला कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्यहरु नगर कमिटीका पदाधिकारी र सदस्यहरुको उपस्थितका बीच काठमाडौंको कुलेश्वरमा उद्घाटन भएको थियो ।
विजतालाई पुरस्कार वितरण काठमाडौं महानगर १४ वडा सदस्य नवीन नकर्मी र काठमाडौं महानगर युवसंघ अध्यक्ष दीपेश सुदाकारबाट भएको थियो । सुदाकारले आगामी दिनमा यस्ता कार्यक्रम निरन्तरता दिने बताएका छन् ।